कोरोना संक्रमित सबै १६ जनाको स्वास्थ्य अवस्था सामान्य



Download our app to get more features

काठमाडौं, २ बैशाख । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित सबै १६ जनाकोे स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार आयोति कोरोना अपडेटका क्रममा प्रवक्ता देवकोटाले काठमाडौं, विरगन्ज, बाग्लुङ, कैलाली र कंचनपुरमा उपचाररत सबै संक्रमितको अवस्था सामान्य रहेको जनाकारी दिएा हुन् । 

यस्तै पिसिआर प्रविधिबाट हालसम्म ६ हजार २ सय ९९ वटा नमूना परीक्षण भइसकेकोको उनले जानकारी दिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५८४ वटा नमूना परीक्षण भएका हुन् । राष्ट्रिय जनस्वास्थय प्रयोशालामा हालसम्म चार हजार आठ सय १९ वटा र गत २४ घण्टामा तीन सय ८७ वटा परीक्षण भएका छन् । प्रयोगशाला भन्दा बाहिर १४ सय ८० वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९७ वटा परीक्षण भएका छन् । 
आरटिडिमार्फत हालसम्म ६ हजार ६ सय ७ वटा नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ सय १६ वटा नमूना यसै विधिमार्फत परीक्षण गरिएको छ । यसरी भएका परीक्षणमा केही स्थानमा पोजेटिभ रिर्पोट पनि आएको छ । यसको अपडेट प्रदेशस्तरबाटै हुने डा. देवकोटाले बताए । सरकारले विदेशबाट नेपाल आएका र क्वारेन्टाइनमा बसिरहेकाहरुको कोरोना परीक्षणलाई प्राथमिकता दिएको छ । यसै अनुसार काम भइरहेको पनि छ । 

पिसिआर र आरटिडी दुवै प्रविधिमार्फत हालसम्म जम्मा १२ हजार नौ सय ६ वटा नमूना परीक्षण भइसकेको छ । मंगलबारसम्म देशभरका क्वारेन्टाइनमा पाँच हजार सात सय ७१ र आइशोलेसनमा ९९ जना बिरामी उपचाररत छन् । उपत्यकाभित्र १२ जना र उपत्यका बाहिर ८७ जना छन् ।

यसैबीच कोरोना संक्रमण देखिएका व्यक्तिका सम्पर्कमा आएका सबैको ट्रेसिङ जारी छ । हिजो विरगंजमा कोरोना संक्रमण देखिएका चार जनाको नरायणी अस्पतालमा उपचार भइरहेको छ भने आरटिडीमार्फत कोरोना पोजेटिभ फेला परेको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका तीन जनाको पाटन अस्पतालमा उपचार भइरहेको । सनसिटीमा कोरोना पोजेटिभ देखिएका मध्ये २ जनाको पिसिआरमा पनि पोजेटिभ नै आएको डा. देवकोटालले बताए । एक जनाको रिर्पोट आउन बाँकी रहेको उनले जानकारी दिए ।   


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts