शवबाट पनि कोरोना संक्रमण



Download our app to get more features

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ यस्तो भाइरस हो जुन मानिसबाट मानिसमा सरिरहेको छ । चीनको हुवान शहरमा पहिलो पटक सन् ३१ डिसेम्बर २०१९ मा देखिएको यो भाइरस साढे तीन महिनामा विश्वभर फैलिसकेको छ । व्यक्तिबाट व्यक्तिमा सर्ने यो भाइरस निकै खतरनाक मानिएकाले विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । हुवानबाट सुरु भएको यो भाइरस अहिले विश्वका शक्तिशाली राष्ट्रमा समेत फैलिसकेको छ ।

निकै नै तीव्र गतिमा फैलिरहेको यस भाइसरका कारण दिनप्रतिदिन संक्रमित हुने र मृत्यु हुनेको संख्यामा पाँच गुणाले वृद्धि भइरहेको छ । कोरोना संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्दै आएको यो भाइरस अहिले मृत शरीरबाट पनि फैलिन थालेको वैज्ञानिकले दावी गरेका छन् ।

मिररडटकोडटयुकेमा प्रकाशित रिपोर्टका अनुसार जर्नल अफ फरेन्सिक एन्ड लिगल मेडिसिन अध्ययनमा थाइल्याण्डमा शबको जाँच गरिरहेका मेडिकल प्रोफेसनलमा कोरोना संक्रमित भएको छ । जुन पहिलो पटक प्रमाणीत भएको हो । यसरी पहिलो पटक मृत शरीरबाट स्वस्थ व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

जर्नल अफ फरेन्सिक एन्ड लिगल मेडिसिन स्टडीका अनुसार मार्च महिनामा नै मृत शरीरको माध्यमबाट मेडिकल एग्जामिनर संक्रमित भएका थिए । यो अध्ययन रिर्पाेट चीनको हेनान मेडिकल युनिभर्सिटीको विरोज भिवानिटकिट र बैंककको आरविटी मेडिकल सेन्टरका वान श्रीविजितलईले प्रकाशित गरेका छन् । यसअघि थाइल्याण्डको विभिन्न शवगृहले कोरोना भाइरसबाट ग्रसित बिरामीको अन्तिम संस्कार गर्नबाट अस्विकार गरेका थिए । त्यसपछि २५ मार्चमा थाइल्याण्डको डिपार्टमेन्ट अफ मेडिकल सर्भिसेजका प्रमुखले शबबाट कोरोना भाइरस संक्रमण नफैलेको दावी गरेका थिए ।

यस अध्ययनपछि स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्, की कोरोनाबाट संक्रमित बिरामीको शरीरको सम्पर्कमा आउने सबै मानिस र शव घरमा काम गर्नेहरू पनि कोरोना  संक्रमित हुन सक्ने भएकाले व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउनुपर्छ । अन्यथा कोरोनाले ती सबैको ज्यान जोखिममा पर्न सक्छ ।

यता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमित बिरामीको मृत शरीरबाट कोरोना संक्रमण फैलन सक्ने आशंका निकै कम हुने जनाएको छ । संक्रमितको फोक्सोको सम्पर्कबाट टाढा रहन पनि भनिएको छ ।
डब्लूएचओले कोरोना संक्रमितको मृत्युपछि अन्तिम संस्कारको बेला सतर्कता अपनाउन आग्रह पनि गरेको छ । उसोत अहिलेसम्म यो विषयमा कुनै ठोस जानकारी दिइएको छैन, की कोरोनाका कारण मृत्यु भएकाहरूको सम्पर्कमा आएर कति मानिस कोरोना संक्रमित भएका छन् ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2020-04-15 15:28:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts