किन दोहोर्याएर कोरोना संक्रमित हुँदैछन् मानिस ? यसो भन्छन् वैज्ञानिक



Download our app to get more features

पछिल्लो समय कोरोना भाइरसका कारण संक्रमित भएर निको भइसकेकाहरुमा फेरि कोरोना संक्रमण दोहोरिन थालेको छ । चीन र दक्षिण कोरियाका कोरोना संक्रमित जो स्वस्थ भइसकेका थिए उनीहरुमा फेरि कोरोना संक्रमण दोहोरिन थालेको छ । चीनका ५६ जना र दक्षिण कोरियाका १ सय ४१ जना कोरोना संक्रमणपछि स्वस्थ भइसकेकाहरुमा फेरि किन कोरोना पोजेटिभ देखियो भन्ने विषयमा दक्षिण कोरियाका डाक्टरहरुले पत्ता लगाएका छन् ।
 
दक्षिण कोरियाका वैज्ञानिक र डाक्टरहरुले अध्ययन सुरु गरेका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनको प्रयोगशालामा भएका वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस मानिसको शरीरमा भएको इम्यून सेल्स अर्थात् रोग प्रतिरोधात्मक कोष टी लिम्फोसाइट्समाथि आक्रमण गरेर त्यसलाई निस्क्रिय बनाइ रहेका छन् ।

टी लिम्फोसाइट्स निष्क्रिय हुने कारणले दोहोर्याएर संक्रमणको खतरा बढ्न जान्छ । किनकी एक पटक कुनै मानिसको शरीरको इम्यूनिटी अर्थात् प्रतिरोधात्मक क्षमता कम भयो भने त्यसलाई फेरि ठीक गर्न कैयौं महिना लाग्न सक्छ ।

डेली मेलमा प्रकाशित समाचारका अनुसार वैज्ञानिकहरुले भनेका छन्, कि कोरोना भाइरस एक पटक शरीरमाथि आक्रमण गरिसकेपछि शरीर भित्रै निदाउँछ र केहि समयका लागि आफ्नो क्रियाकलाप बन्द गरिदिन्छ ।
 
जब कोरोना भाइरसलाई लाग्छ की मानिसको शरीर भित्रको प्रतिरोधात्मक क्षमता कम भइसकेको छ अनि फेरि त्यसले आक्रमण गर्न सुरु गर्छ । अर्थात् कोरोना भाइरसको संक्रमण फेरि तपाईंको शरीरमा देखिन थाल्छ । 

कोरिया यूनिभर्सिटी कलेज अफ फार्मेसीका भाइरोलोजिस्ट किम जियोङ्गका अनुसार करिब एक महिना पहिले हामीले जुन बिरामीलाई ठीक बनाएका थियौं उनीहरुमा दोहोर्याएर कोरोनाको संक्रमण हुन थालेको छ । जब ती व्यक्तिको शरीरको इम्यूनिटीको जाँच गरियो अनि थाहा भयो किन उनको शरीरको इम्युनिटि निकै कमजोर भइसकेको छ । जसको फाइदा कोरोना भाइरसले लिइरहेका छन् । 

दक्षिण कोरिया, अमेरिका र चीनमा एकसाथ गरिएको अध्ययनमा यो कुरा स्पष्ट भएको हो कि, कोरोना भाइरसले शरीरको टी लिम्फोसाइट्समाथि सिधै आक्रमण गरिरहेको छ । यसले मानिसको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइरहेको छ ।

टी लिम्फोसाइट्स मानिसको शरीरमा भएको त्यस्तो प्रतिरोधात्मक कोष हुन्छ जसले कुनैपनि रोगसँग लड्नमा मद्दत गर्छ । यदि भाइरसले यसलाई कमजोर बनाइरहेको छ भने तपाईं बुझ्नुस की तपाईंले आफ्नो रोग प्रतिरोधात्मक क्षमतलाई बलियो बनाइ राख्नु छ । जसले गर्दा तपाईं आफूलाई कोरोनाको चपेटमा आउनबाट जोगिन सक्नुहुन्छ ।

Last modified on 2020-04-17 11:13:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts