कोरोना संक्रमित लुकेको आशंकामा विराटनगरका मस्जिदमा अनुगमन



Download our app to get more features

विराटनगर, ७ वैशाख । विराटनगर महानगरपालिकाभित्रका मस्जिदमा प्रशासनले अनुगमन सुरु गरेको छ । विभिन्न मस्जिदमा कोरोना संक्रमित लुकेर बसेको फेला पर्न थालेपछि अनुगमन नगरपालिकाले अनुगमन सुरु गरेको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवाहरुसँगको सहकार्य र समन्वयमा मस्जिदमाअनुगमन थालेको बताए । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, वडा नंम्बर १५ का वडाध्यक्ष असलम आलमलगायत सहभागि थिए । 

मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न आवश्यक रहेको प्रमुख पराजुलीले बताए । वडा नंम्बर १५ मा रहेको रानीमरकज जामे मस्जिदमा शनिवार अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक आएका नदेखिएको महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।
अनुगमनमा सहभागि काङग्रेसका केन्द्रीय सदस्य अन्सारीले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गरे । वडाध्यक्ष आलमले अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका उपरीक्षक अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवाहरुले कोरोना भाईरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताए । महानगरपालिका भित्र १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts