नियमित खोप कार्यक्रम सञ्चालन गर्न मातहतका कार्यालयलाई सर्कुलर



Download our app to get more features

काठमाडौं, ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) माहामारीका कारण स्थगित नियमित खोप सेवा सञ्चालन गर्ने स्वास्थ्य विभागले मातहतका कार्यालयलाई सर्कुलर गरेको छ । सरकारले ५ वैशाखमा अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरेसँगै स्थगित खोप कार्यक्रम पूर्ववत सञ्चालन गर्न लागिएको हो । 

स्वास्थ्य सेवा विभागले कोरोनाका कारण स्थगित नियमित खोप सेवा अब नियमित हुने जनाएको छ । विभागका अनुसार सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै नियमित खोप सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको छ । 

विभागद्वारा सरोकारवाला स्वास्थ्य निकायलाई प्रेषित सर्कुलरमा अन्तरिम निर्देशिकाअनुसार नियमित खोप सञ्चालनको प्रबन्ध मिलाउन भनिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts