नर्भिकमा उपचाररत एकजनामा कोरोना पोजेटिभ, पीसीआर परीक्षणका लागि टेकु पठाइँदै



Download our app to get more features

काठमाडौं, ९ बैशाख । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत एकजनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । 

आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पीसीआर जाँचका लागि ती व्यक्तिको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको अस्पताल स्रोतले हाम्रो डक्टर न्यूजलाई बतायो । 

आरडिटीमा कोरोना पोजेटिभ देखिएसँगै ती व्यक्तिलाई आइसोलेसन वार्डको आइसियुमा राखेर उपचार थालिएको छ । ती व्यक्ति सोमबार अस्पतालको जनरल वार्डमा भर्ना भएका थिए । ती व्यक्तिको बाँकी जानकारी गोप्य राखिएको छ । 

Last modified on 2020-04-21 14:11:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts