कोशी अस्पतालमा पीसीआरमा ८ जनामा कोरोना, थप पुष्टिका लागि धरान पठाइयो



Download our app to get more features

उदयपुर, ९ वैशाख । कोशी अस्पतालमा थप ८ जनामा कोरोना देखिएको छ ।

कोशी अस्पतालमा रहेको पीसीआरमा उदयपुरका ८ जनामा कोरोना देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रले हाम्रो डाक्टर न्यूजलाई बताइन् ।

उनले सोमवार ६८ जनाको नमूूना संकलन गरिएकोमा उदयपुरका ८ जनामा कोरोना देखिएको भन्दै थप पुष्टिका लागि धरान पठाइएको बताइन् ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपनि  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको उनले भनिन् ।

Last modified on 2020-04-21 14:09:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts