नर्भिकले भन्यो: कोराना आशंका गरिएको नमूना पीसीआरमा नेगेटिभ



Download our app to get more features

काठमाडौं, ९ वैशाख । नर्भिक अस्पतालमा आरडिटीमा पोजेटिभ देखिएको खबरलाई अस्पतालले गलत भएको दावी गरेको छ ।

हाम्रो डाक्टरन्यूजलाई नर्भिक स्रोतले दिएको जानकारी अनुसार नर्भिकमा उपचाररत एक जनामा आरडिटीबाट जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, अस्पतालले त्यो खबरलाई गलत भनेर विज्ञप्ति नै जारी गरेको छ ।

नर्भिकमा उपचाररत एक बिरामीमा आर.डि.टि. पोजिटिभ भन्ने समाचार गलत रहेको अस्पतालले दावी गरेको हो । 

सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक ५० वर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पि.सि.आर. परीक्षणका लागि स्वाब वीर अस्पतालको प्रयोगशालामा पठाइएको थियो । सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा नतिजा नेगेटिभ आएको समेत अस्पतालले जिकिर गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts