सिद्धबाबा अस्पताल तेस्रो बर्षमा



Download our app to get more features

रुपन्देही, १३ वैसाख । बुटबलस्थित सिद्धबाबा अस्पताल तेस्रो बर्षमा प्रवेश गरेको छ । दुई वर्षअघि युवा चिकित्सकहरूको लगानीमा केही सिमित सेवा दिने गरि स्थापना भएको अस्पतालमा हाल विभिन्न विशेषज्ञ सेवाहरू थप भएका छन् ।

सिद्धबाबा अस्पताल सञ्चालक समितका अध्यक्ष तथा मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतका अनुसार अस्पतालमा अहिले मिर्गौला रोगीका लागि डायलाइसिससहितका विभिन्न विशेषज्ञ सोव उपलव्ध छ । डा. बस्नेतले भने, ‘लकडाउनको समयमा समेत मिर्गौलाका बिरामीहरूलाई नियमित सेवा प्रदान गरेका छौ ।’ 

अस्पतालमा बहुविशेषज्ञ सेवा
अस्पतालमा ओपिडी, २४सै घण्टा इमरर्जेन्सी, फार्मेसी, प्याथोलोजी, प्रसूति सेवा, आईसियू, सिसियु, सुविधासम्पन्न एसीसहितको जनरल वार्डलगायतका सेवा सुविधा रहेको डा. बस्नेतले बताए । 

सिद्धबाबा अस्पतालले गरिब, असहाय, अशक्त तथा मध्यम वर्गीयलाई विशेष सुविधा प्रदान गर्दै आएको छ  बेला बेलामा प्रदेश ५ का बिभिन्न ठाउँमा अस्पतालले निःशुल्क शिविर सञ्चालन र औषधि उपलब्ध गराउँदै आएको छ । 
 

Last modified on 2020-04-25 15:21:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts