बर्दियाबाट भारत गएका ‘कोरोना संक्रमित मजदुर’को परीक्षण विधि अस्पष्ट

राजापुरमा उच्च निगरानी



Download our app to get more features

बर्दिया, १४ वैशाख । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि देखिएपछि बर्दिया जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको राजापुर नगरपालिकामा रहेको क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना देखिएको भन्दै अहिले जिल्लामा उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ती व्यक्तिमा कुन विधिबाट कोरोना परीक्षण गरिएको हो भन्ने पुष्टि नभए पनि भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएको भन्दै पत्र पठाएका हाम्रो डाक्टर न्यूजलाई बताए । ‘उनीहरु भारत फर्किसकेपछि जाँच गरेको हुनाले उतै संक्रमण भएको होला भन्ने हाम्रो बुझाइ हो ।’ उनले भने । उनीहरुको पिसिआर वा र्यापिड टेस्ट गरिएको हो भन्ने अझै प्रष्ट हुन नसकेको बताए । हाललाई राजापुर नगरपालिका र क्रसर उद्योग क्षेत्रलाई उच्च निगरानीमा राखी त्यस क्षेत्रका सबैको पिसिआर विधिबाट परीक्षणका लागि नमूना संकलन गरेर पठाएको उनले बताए । उनले केहीको नमूनामा कोरोना नदेखिएको भन्दै बाँकीको नतिजा आउन बाँकी रहेको जानकारी गराए ।

५ वैशाखमा उनीहरु बहराइच हुँदै भारत गएको बुझिएको छ । बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई गत शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएका थियोे ।

Last modified on 2020-04-26 14:03:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts