चिकित्सकका लागि स्थायी दरबन्दी खुलाउन चिकित्सक संघको माग



Download our app to get more features

काठमाडौं, १५ वैशाख । नेपाल चिकित्सक संघले चिकित्सकहरुका लागि स्थायी दरबन्दी खुलाउन माग गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै स्थायी दरबन्दी कायम गर्नै गरी करारको सट्टा तत्काल स्थायीका लागि दरबन्दी खुलाउन माग गरेको हो ।

मुलुकमा चिकित्सकहरुको दरबन्दी न्यून भएको र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा करार, दैनिक ज्यालादारीमा चिकित्सकलाई नियुक्त गर्नुको साटो स्थायी दरबन्दी वृद्धि गर्न संघले माग गरेको हो ।
यस्तै, संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई सभ्य भाषा प्रयोग गर्न पनि सुझाव दिएको छ । संघले विश्वभर फैलिएको कोभिड–१९ महामारी बेला अग्रस्थानमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको बारेमा सचिव कोइरालाले अशोभनीय र अभद्र बोलेकोमा  संघले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘ मन्त्रालयको जिम्मेवार पदमा रहेका व्यक्तिले चिकित्सकहरुलाई विभेद गर्ने, स्थायी अस्थायी वा करारमा भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने र त्यसले समग्र स्वास्थ्य सेवा प्रवाहमा असर पार्न सक्छ ।’ यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न संघले जोड दिएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts