यूभि रोबोटले दुई मिनेटमा कोरोना भाइरस नष्ट गरेको दावी



Download our app to get more features

एजेन्सी, २३ चैत । कोरोना भाइर (कोभिड–१९) नष्ट गर्न विश्वभर विभिन्न उपायहरु अपनाउने क्रम जारी छ । कसैले सेनिटाइजरको प्रयोग गरिरहेका छन् भने कसैले डिसइन्फेक्सन विधि अपनाइरहेका छन् कोही भने निजी सरसफाइमा ध्यान दिएर आफूलाई कोरोना मुक्त गरिरहेका छन् ।

यस्तै नयाँ नयाँ विधि र प्रविधिको खोजीको क्रममा कोरोना भाइरसलाई २ मिनेटमै नष्ट गर्ने अल्ट्रा लाइट रोबोट तयार भएको छ । अमेरिकाको टेक्ससको सेनेक्स डिसइन्फेक्सन सर्भिसले लाइटस्ट्राइक रोबोटको सफल परीक्षण गरेको जनाएको छ । यो रोबोट बिशेषगरी भिडभाड हुने स्थानमा कोरोना भाइरस नष्ट गर्न प्रयोग हुने विश्वास गरिएको छ । यो मेशिन जापानको मेडिकल उपकरण बनाउने कम्पनी तेरुमोले बिक्री गरेको हो । यसले दुई सयदेखि तीन सय १२ न्यानोमिटरको दुरीमा कोरोना भाइरस नष्ट गर्ने प्रकाश फ्याक्छ । यो मेसिनले ढोकाको ह्याण्डील जहाँ धेरै भन्दा धेरै मानिसले छुन्छन् त्यस्तो स्थानलाई कोरोनामुक्त गर्न प्रभावकारी हुने विश्वास गरिएकोछ । जम्मा २ देखि ३ मिनेटभित्र आल्ट्राभाइलेन्ट रेडियसनमार्फत यस रोबोटले कोरोनाका जिवाणु नष्ट गर्ने दावी गरिएको छ । यो रोबोट इबोलाविरुद्ध पनि प्रभावकारी भएको जनाइएको छ । 

यो रोबोट हालसम्म विश्वका पाँच सय अस्पतालले प्रयोगमा ल्याइसकेका छन् । टेरमोले सन् २०१७ मा यो रोबोट विक्री वितरणको अनुमति पाएको थियो । 
 

Last modified on 2020-05-05 14:30:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts