कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज, एक साता निगरानीमै



Download our app to get more features

विराटनगर, २४ वैशाख । विराटनगरमा उपचाररत कोरोना संक्रमितमध्ये ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनीहरुको पछिल्लो तीन पटकको परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अस्पतालमा उपचाररत ६ जना भारतीय नागरिकलाई विदाइ गरेका हुन् । 

अस्पतालका प्रमुख डा.संगिता मिश्रले डिस्चार्ज भएपनि उनीहरुलाई अझै एकसाता विराटनगरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिने बताए ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६ जना निको भएर डिस्चार्ज भएका हुन् ।
 
विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।

Last modified on 2020-05-06 09:59:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts