बजेट अधिवेशन सुरु हुनु अगावै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट आउने

कोशी अस्पतालबाट थप ८ जना डिस्चार्ज


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २६ वैशाख । संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारले संसद अधिवेशन बोलाउने तयारी गरे अनुसार सांसद, मर्यादापालक र अन्य सरोकारवालाको बिहीवारदेखि कोरोना परीक्षणका लागि सुरु गरेको स्वाब संकलनको काम आज सकिएको छ ।

संघीय संसदका सचिव गोपालनाथ योगीले संसद बैठक सुरु हुनु अगावै सबैको रिपोर्ट आउने र त्यसपछि मात्रै संसद भवनमा सांसदहरुले प्रवेश गर्न पाउने बताएका छन् । उनले संसद बैठकमा सहभागि हुन आउने सांसदहरुको मूल गेटमै ज्वरो नाप्ने, कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने, प्रत्येक माननीयहरुबीच ३ फिटको दूरी कायम गरि बस्ने व्यवस्था गरिएको, सबै माननीयको टेबुलमा स्यानिटाइजरको व्यवस्था गरिएको र मास्क सबैलाई अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको पनि बताए ।

vayoda

Hamro Doctor Apps2

कोरोना भाइरसको संक्रमणकाबीच सुरु हुन लागेको संसदको बजेट अधिवेशनका लागि विशेष सावधानी अपनाउँदै संसदमा सहभागि हुन आउनेलाई साँचो, डटपेन, छाता लगायतका सामानपनि प्रवेशमा निषेध गरिएको पनि उनले बताए । 

उता कोरोनाको हटस्पट बनेको नेपालगञ्जमा भने कोरोना संक्रमितको संसर्ग र सम्पर्कमा आएकामध्ये झन्डै ३४ जनाको रिपोर्टमा कोरोना नभएको पुष्टि भएको छ । 

एउटै टोलका २३ जनामा कोरोना संक्रमण भेटिएको बाँकेको नेपालगञ्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्ति मध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्टमा कोरोना नभएको पुष्टि भेरी अस्पतालले जनाएको छ ।

यसैबीच नेपालगञ्जमा जारी गरिएको निषेधाज्ञा आजबाट ४ घन्टाका लागि खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यक सामान खरिदका लागि ४ घन्टासम्म छुट दिइने बताए ।

विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जनालाई आज डिस्चार्ज गरिएको छ । कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका मध्ये ८ जना कोरोना संक्रमितको पछिल्लो ३ पटकको रिपोर्टमा कोरोना नदेखिएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. संगिता मिश्रले हाम्रो डाक्टरन्यूजलाई बताईन् ।

एक महिलासहित आठ जनालाई आज १० बजेपछि डिस्चार्ज गरिएको र उनीहरुलाई थप दुई साता समुदायमा घुलमिल नगर्न र चिकित्सकको सम्पर्कमा रहन भनिएको पनि उलने बताइन् ।

यसअघि ६ जनालाई गत बुधवार नै डिस्चार्ज गरिएको थियो । योसँगै कोशी अस्पतालबाट १४ जना डिस्चार्ज भइसकेका छन् । उदयपुरका २८ जना, भोजपुरका १ जना र झापाका २ जना गरित कोशी अस्पतालमा ३१ जना उपचाररत थिए । अब १७ जना मात्रै कोरोको उपचार गराइरहेका छन् र उनीहरुको स्वास्थ्य अवस्थापनि सामान्य रहेको डा.मिश्रको भनाइ छ ।

यसैबीच कपिलवस्तुमा भेटिएका दुवै जना कोराना संक्रमितलाई उपचारका लागि बुटवल पठाइएको छ । 

Hamro Doctor
Last modified on 2020-05-08 10:29:26

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts