प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब संकलन


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि थ्रोट स्वाब संकलन गरिएको छ । शुक्रबार मध्यान्न १२ बजेतिर स्वास्थ्यकर्मीहरुको टोली उनको निवासमै गएर थ्रोट स्वाब संकलन गरेको हो । कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

संकलित नमूनाको परीक्षणपछि आजै रिपोर्ट आउने जनाइएको छ । हिजो बिहीबार संघीय संसदका  सदस्य र कर्मचारीको कोरोना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ । आज परीक्षण गरिएकाहरुको भने रिपोर्ट आउन बाँकी छ। आजदेखि शुरु हुन लागेका बजेट अधिवेशनमा सहभागी हुने सबैको थ्रोट स्वाब परीक्षण गरिने जनाइएको छ । 
 

vayoda

Hamro Doctor Apps2

Hamro Doctor
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts