हङ्कङ्ले भन्योः यी तीन औषधिको मिश्रणले कोरोनाका बिरामी निको हुँदैछन्



Download our app to get more features

काठमाडौं, २८ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस विरुद्ध लड्नका लागि विश्वका विभिन्न मुलुक खोप र औषधिको अनुसन्धानमा जुटेको छ । एकपछि अर्को गरि विभिन्न मुलुकले कोरोना भाइरस विरुद्ध खोप र अनुसन्धान गर्दै खुशीको कुरा दिन चाहि रहेको छ । विभिन्न मुलुकका वैज्ञानिकहरु एउटै प्रयासमा छन् की कोरोना विरुद्धको औषधि र खोप पत्ता लागोस र कोरोना विरुद्धको लडाईंमा सफलता मिलोस् । 

यसैबीच हङ्कङ्ले कोरोना भाइरसको उपचारका लागि औषधि पत्ता लगाएको भन्दै दावी गरेको छ । हङ्कङ्को अस्पतालमा डाक्टरहरुले तीन वटा औषधिको मिश्रणले कोरोना संक्रमित बिरामीहरु तीव्र गतिमा स्वस्थ भइरहेको दावी गरेका छन् । द ल्यासेन्ट जर्नलमा औषधि र बिरामीको बारेमा रिपोर्ट प्रकाशित गरिएको समाचार संस्था रोयटर्ससले लेखेको छ ।
 
हङ्कङ्को ६ सरकारी अस्पतालमा हङ्कङ् विश्वविद्यालयका अध्ययनकर्ताले कोरोना भाइरसबाट संक्रमित १ सय २७ जना बिरामीमाथि परीक्षण गरिएको थियो । जसमा ८६ जना बिरामीलाई तीन वटा औषधिको मिश्रण दिइएको थियो भने बाँकी ४१ जनालाई सामान्य औषधि दिइएको थियो । 

उपचारमा संलग्न डाक्टरहरुले भनेका छन्, ‘तीन औषधिसहितको मिश्रणले राम्रो नतिजा आएको छ । तर, यसले हामीलाई कोरोना भाइरसविरुद्धको लडाईंमा केहि बढी समय दिन्छ । जसले गर्दा कोरोना भाइरसका लागि नयाँ खोप वा औषधि बनाउन सकिन्छ ।’
 
जुन ८६ बिरामीलाई तीन औषधिको मिश्रणवाला औषधि दिइएको थियो उनीहरु केवल ७ दिनमा निको भएका थिए । अर्थात् कोरोना संक्रमितहरुमा सात दिनमा कोरोना नभएको पुष्टि भएको थियो र उनीहरुलाई अस्पताल घर पठाइएको थियो । जबकी अर्को समूहका मानिसहरु त्यो समयपनि उपचाररत नै थिए । उसो तीन औषधिको मिश्रण ती बिरामीलाई दिइएको थियो जो कोरोना भाइरसका कारण गम्भीर रुपले बिरामी थिएनन् । 

हङ्कङ्को ६ अस्पतालमा ८६ जनामा तीन औषधिको मिश्रण दिइएको थियो त्यसकारण उनीहरु चाँडै निको भए । ती औषधिमा तीन एन्टीभाइरल औषधि थिए ।
 
तीन औषधिमा पहिलो एन्टीभाइरल औषधि लोपिनाभिर–रिटोनाभिर (ब्रान्ड नामक–कालेट्रा) (lopinavir-ritonavir-kaletra) थियो । दोस्रो औषधि रिबाविरिन (Ribavirin) थियो । जुन हेपेटाइटिस–सी को उपचारमा प्रयोग गरिन्छ र यी दुबै औषधि खाने औषधि हो भने तेस्रो इन्जेक्शन हो । जसको नाम इन्टरफेरन बीटा–१बी (Interferon Beta-1B) हो । यो औषधिले मल्टिपल स्क्लेरोसिसलाई निको बनाउने काम गर्छ । ताकि शरीरमा दुखाई नहोस्, सुन्निने समस्या नआओस् र भाइरस फैलिन नपाओस् ।

केही विशेषज्ञहरुका अनुसार इन्टरफेरन बीटा–१ बी औषधिले मानव शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ । ताकि मानिसको शरीरले कुनैपनि प्रकारको भाइरससँग  संघर्ष गर्न सकोस् ।

अर्को समूहमा रहेका ४१ जना बिरामी थिए । तीनलाई केवल सामान्य औषधि लोपिनाविर–रिटोनाविर दिइएको थियो । लोपिनाभिर–रिटोनाभिरलाई केही डाक्टरहरुले प्रयोग गर्न बन्द गरिदिए । किनकी यो औषधिले गम्भरी प्रकृतिका कोरोना भाइरस बिरामीको उपचारमा सहयोगी प्रमाणित हुन सकेन ।
 
तीन औषधियुक्त मिश्रणले कोरोना भाइरसका बिरामी ७ दिनमा ठिक भएका थिए भने जसलाई मात्रै लोपिनाभिर–रिटोनाभिर औषधि दिइएको थियो १२ दिनमा निको भएका थिए । त्यति मात्र नभई तीन औषधिको मिश्रणले कोभिड–१९ को लक्षणलाई पनि ८ बाट घटाएर मात्र ४ दिनमा निको बनाएको थियो ।
 
क्यानेडाको ओन्टारियोमा रहेको वेस्टर्न यूनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा. साराह शलहबले हङ्कङ्मा गरिएको यो परीक्षणलाई राम्रो संकेतको रुपमा रहेको बताएका छन् । उनले यदि यी तीन औषधिको मिश्रणले कोरोनाका बिरामी तीव्र गतिमा निको हुँदैछन् भने  यसमा कुनै नराम्रो कुरा नभएमो बताए । यसले बिरामीलाई कम दिन अस्पतालमा रहनु पर्छ भन्दै उनले अस्पतलाका बिरामी छिटो निको भए भने अन्य बिरामीलाई पनि अस्पतालमा उपचारको अवसर मिल्ने उल्लेख गरेका छन् । 

डा. साराहले भनेका छन्, ‘तर, तीन औषधिको यो मिश्रण ती बिरामीका लागि होइन जो गम्भीर रुपले कोरोनाका कारण बिरामी छन् वा जो आईसीयूमा भर्ना भएका छन् । त्यस्ता बिरामीका लागि भने यो औषधिको परीक्षण गर्न बाँकी छ । हामी मात्र आशा गर्न सक्छौं   की यी औषधिबाट गम्भीर बिरामीलाई उपचार गर्न सकौं ।’

Last modified on 2020-05-10 12:30:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts