बझाङमा चार दिन निःशुल्क उपचार सेवा दिएर बैतडीतर्फ लागे डा. केसी



Download our app to get more features

बझाङ, २९ वैशाख । डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा गरेर बझाङ पुगेका प्राडा गोविन्द केसी बैतडीतर्फ लागेका छन्। डाक्टर केसी बझाङमा चार दिन सेवा प्रदान गरेपछि बैतडीतर्फ लागेका हुन्।

उनले बझाङमा रहदा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गरेका थिए। बझाङ अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाका अनुसार चार दिनमा डाक्टर केसीले धेरै बिरामीलाई निःशुल्क सेवा दिए ।  तीन जनाको त शल्यक्रिया समेत गरेका थिए ।

‘बझाङमा निःशुल्क सेवा दिएपछि डाक्टर केसी बैतडीतर्फ लागेका छन्। बैतडीमा पनि बिरामीलाई निःशुल्क सेवा दिने र त्यहाँबाट दार्चुला जाने तयारी रहेको बुझिएको छ।’ उनले भने।
यसअघि डाक्टर केसी चिकित्सा क्षेत्र सुधारको माग गर्दै १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए। गत १८ कार्तिकमा डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको अनसन २६ कार्तिकमा स्थागित भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts