घर बाहिरको खाना खाँदै हुनुहुन्छ ? सावधान ! (भिडियोसहित)

What's This?


Download our app to get more features

चैत्र ३, काठमाडौं । मानिसको जीवनशैली परिवर्तन हुँदैजाँदा हाम्रा बानी व्यहोराहरु पनि फेरिँदै जान थालेका छन् । हाम्रो जीवनशैलीले गर्दा खानपानमा ध्यान नदिँदा पछिल्लो समय नयाँ नयाँ रोगहरु महामारीको रुपमा देखा पर्ने गरेका छन् । 

अझ गर्मी मौसम शुरु भएसँगै खानेकुरामा ध्यान नदिने हो भने विभिन्न रोगको सिकार बन्ने संभावना बढी हुन्छ । मौसम परिवर्तन भएसँगै मानिसको व्यवहारमा परिवर्तन नहुँदा सरुवा रोगको सिकार हुनुपर्छ । 

चिकित्सकहरुका अनुसार गर्मी शुरु भएसँगै खानेकुरा र सरसफाइमा ध्यान नदिँदा जंडिज, टाइफाइडलगायत विभिन्न सरुवा रोगको संक्रमण हुन्छ । त्यसैगरी खुल्ला स्थानमा प्रसोधन गरीएको र तयार पारिएको खान खाँदा सरुवा रोगकको जोखिम बढी हुन्छ । 

शहरीया जीवनशैलीका कारण घर बाहिर (पार्क, सडक पटी र खुल्ला स्थान) राखिएका खानेकुरामा अत्याधिक मात्रामा ब्याक्टेरिया र जीवाणुहरुको संक्रमण हुन्छ । त्यसैगरी सरसफाइमा पर्याप्त ध्यान नपुग्दा पनि खानेकुरामा जीवाणुहरुको संक्रमण चाँडै हुन्छ । 

गर्मी याममा बासी र खुल्ला स्थानमा भण्डारण तथा प्रसोधन गरेको खानेकुरा खाँदा सक्रमणको उच्च जोखिम हुने जनरल फिजिसियन डा. मिलेस जंग सिजापति बताउँछन् । 
गर्मीको समयमा खानेकुरा चाँडै नै सड्ने भएकाले ताजा मात्र सेवन गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । ताजा र सफा स्थानमा भण्डारण गरेको खानेकुरा मात्र खाएमा संक्रमणको जोखिम कम हुने डा. सिजापति बताउँछन् । 

 

 

शहरीया जीवनमा खुल्ला स्थानमा राखेको र जंक फुड खाने संस्कारका कारण पनि गर्मीको समयमा विभिन्न रोगको संक्रमण देखा पर्न थाल्छन् । खानपानमा उचित ध्यान नदिँदा गर्मीयाम शुरु भएसँगै संक्रमण भएर विभिन्न अस्पतालमा बिरामीहरुको घुइँचो लाग्ने गरेको छ । 

खुल्ला ठाउँमा प्रसोधन तथा भण्डारण गरीएको खानेकुरामा सरसफाइ तथा सफा पानीको प्रयोग नहुने हुँदा यस्ता खानेकुरा खानुअघि विशेष ध्यान दिन चिकित्सकहरुको सुझाव छ । 
 

Last modified on 2016-03-17 20:25:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts