जनकपुरका कोरोना संक्रमितः युवती नर्स र पुरुष पत्रकार


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ३१ वैशाख । जनकपुरको एक जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
मंगलवार धनुषामा २ जनामा कोरोना पुष्टि भएकोमा एक जना २० वर्षीया नर्स रहेको प्रदेश २ को सामाजीक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संक्रमित नर्स लालगढको रहेको भन्दै उनलाई उपचारका लागि जनकपुर या वीरगञ्ज कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको बताएको छ ।

vayoda

Hamro Doctor Apps2

नर्समा कोरोना पुष्टि भएपछि उनको सम्पर्क र संसर्गमा आएकाहरुको खोजी भइरहेको पनि जनाएको छ । यस्तै जनकपुरका एक जना पत्रकारमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनकपुरका ४० वर्षका पुरुष पत्रकार रहेको भन्दै उनलाई अस्पताल भर्ना गर्ने साथै उनको सम्पर्क र संसर्गमा आएकाहरुकोपनि खोजी भइरहेको छ ।

धनुषा जिल्लामा पहिलो पटक मंगलवार दुई जनामा कोरोना पुष्टि भएको हो । जसमा एक जना २० वर्षीया महिला र ४० वर्षका पुरुष हुन् । 

यस्तै महोत्तरीको बलवा नगरपालिकाका १६ वर्ष र जलेश्वर नगरपालिकाका ३५ वर्षका दुई जना पुरुषहरुमा पनि कोरोना पुष्टि भएको छ । सर्लाही हरिपूर्वाका ४१ वर्षका पुरुषमापनि कोरोना पुष्टि भएको र संक्रमित सबैलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Hamro Doctor
Last modified on 2020-05-13 10:13:46

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts