नर्सहरूको अहोरात्र सेवाले मात्रै धेरै बिरामीले स्वास्थ्य लाभ गर्छन : मन्त्री ढकाल


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ३० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नर्सहरूले गरेको अहोरात्र सेवाले नै बिरामीहरू स्वास्थ्य लाभ गरी घर फर्कनसक्ने भएकाले नर्सिङ पेशा विशेष भएको बताएका छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस तथा आधुनिक नर्सिङ्ग सेवाकी जननी फ्लोरेन्स नाइटिङ्गेलको २००औं जन्म दिवसको उपलक्ष्यमा शुभकामना दिने क्रममा उनले स्वास्थ्य सेवामा कार्यरत सम्पूर्ण नर्स तथा स्वास्थ्यकर्मीप्रति हार्दिक आभार व्यक्त गरेका हुन् । 

विश्वव्यापी महामारीको रुपमा हाल फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व नै आक्रान्त रहेको बेला समेत अग्रपंक्तिमा रही सेवारत सम्पुर्ण नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका हुन् । मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नर्सहरूले गर्नुभएको अहोरात्र सेवाले धेरै बिरामी स्वास्थ्य लाभ पश्चात घर फर्किसक्नु भएको छ । आफु उच्च जोखिममा रहेर पनि आम नागरिकलाई यस रोगको साथै अन्य स्वास्थ्य समस्या आउन नदिन खट्नु भएका सम्पुर्ण नर्सहरू प्रति थप उच्च मनोबलका साथ कार्य गर्न ऊर्जा मिलोस् भन्ने कामना गर्दछु ।’

vayoda

Hamro Doctor Apps2

यस वर्षको नारा नर्स : अ भोइस टु लिड नर्सिङ द वल्र्ड टु हेल्थ अनुसार विश्व स्वास्थ्यको लागि नर्सिङ्ग सेवाको नेतृत्व आवश्यक भएको हुँदा राज्यको सबै तहबाट यस सेवालाई अझ परिस्कृत गर्न थप लगानी गर्नुपर्ने आवश्यकता छ । तसर्थ सम्पुर्ण नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच, स्वास्थ्य बीमा, भत्ता लगायत सुविधा सरकारले व्यवस्था गरेको उनले बताए । साथै भविष्यमा अझ उत्प्रेरणा वढाउनका लागि विभिन्न सुविधाहरू थप गर्दै जाने उनको भनाइ छ । 
 

Hamro Doctor
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts