बंगलादेशद्वारा विश्वमै पहिलोपटक कोरोना विरुद्धको जेनेरिक औषधिको बिक्रिवितरण सुरु



Download our app to get more features

काठमाडौं, १० जेठ । बंगलादेशको बेक्जिम्को फर्मास्यूटिकल्स प्रालिले विश्वमै पहिलोपटक कोरोना विरुद्धको प्रयोगका लागि जेनेरिक औषधिको बिक्रिवितरण सुरु गरेको छ ।

फर्मास्यूटिकल्सले गिलियड साइन्स इन्स्टीच्यूटद्वारा मान्यता प्राप्त एन्टीभाइरल औषधि रेमडेसिभिरको जेनेरिक संस्करण  प्रयोगका लागि बजारमा ल्याएको दावी गरेको हो ।

बंगलादेशको बेक्जिम्कोले रेमडेसिभिर ६ हजार टाका अर्थात् ७१ डलरमा निजी क्लिनिकमा दिने र सरकारी अस्पतालमा निःशुल्क वितरण गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रब्बुर रेजाले बताए ।

उनले भने, ‘कोभिड–१९ का निकै गम्भरी प्रकृतिका बिरामीलाई कम्तिमा ६ भाइलसम्म औषधि दिनपर्छ । यो औषधिको सेवनले कोरोनाका सबै प्रकारका बिरामीहरु स्वस्थ भइरहेका छन् ।’

विश्व व्यापार संगठनको नियम अनुसार बंगलादेशको कम्पनीले औषधि उत्पादन गरेर बजारमा ल्याउने तयारी भएको छ । रेमडेसिभिर औषधि अमेरिकाको औसधि नियमन गर्ने संस्था फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड १९ को आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ । 

गिलियडले ५ वटा औषधि उत्पादक कम्पनीलाई कर नलाग्नेगरि औषधि उत्पादन गर्न भन्दै लाइसेन्स पनि उपलब्ध गराएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts