सरकार र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सम्झौत, हेरौं सम्झौता पत्र


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सम्झौता भएको छ ।

एक सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भएपछि सरकार र चिकित्सकबीच सम्झौता भएको हो ।

vayoda

जेठ १४ गते काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट तथा दुर्व्यवहार गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनलाई देशभरका चिकित्सकहरुले समर्थन गरेका थिए ।

बुधबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच ५ बुँदे सम्झौता भएको हो ।

सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानविन गरी तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने, सीसीटीभी फुटेज गायब पार्नेलाई पनि तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने सहमति भएको छ ।

यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ मा विना धरौटी जेल चलाउन ‘जेल विदआउट बेल’ को मर्मको अवधारणा समाविष्ट गरी मन्त्रिपरिषदले २०७६ चैत २२ गते गरेको निर्णयमा भएको स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी व्यवस्थालाई थपेर चालु संसद अधिवेशनमा पेश गर्नेलगायतका सहमति पनि भएको छ ।

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमतिपछि अस्पतालका अवरुद्ध सेवा सुचारु भएको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts