१४ अस्पतालमा कोरोनाको पिसिआर विधिबाट परीक्षण गर्न सकिने, यस्तो छ सूची



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

काठमाडौं, २० साउन । सरकारले कोरोनाको पिसिआर परीक्षणका लागि १४ वटा अस्पताल तोकेको छ ।

शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त ठाउँबाट आएकाहरुले काठमाडौं उपत्यकाका निजी तथा सरकारी गरी १४ वटा अस्पतालमा पिसिआर परीक्षण गर्न सक्ने छन् ।

vayoda

Hamro Doctor Apps2

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा शमिर कुमार अधिकारीले तोकिएका अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब परीक्षण गराउन सक्ने व्यवस्था गरिएको बताए ।

तोकिएका सरकारी अस्पतालहरुमा पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह रहेका छन् भने निजी तर्फ स्टार अस्पताल, केएमसी अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल रहेका छन् ।

यस्तै स्वाब संकलनका लागि सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि जान सकिने डा अधिकारीले बताए ।

Hamro Doctor
Last modified on 2020-08-04 15:45:08

Kathmandu Cancer Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts