कोरोना संक्रमितको उपचारका लागि औषधि पत्ता लगाएको अमेरिकी डाक्टरहरुको दावी



Download our app to get more features

एजेन्सी, १४ असोज । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस विरुद्धको खोप र ठोस औषधि पत्ता नलागेको अवस्थामा अमेरिकाले औषधि पत्ता लगाएको दावी गरेको  छ । 

अमेरिकाको फ्लोरिडाका डाक्टरहरुले कोरोना भाइरस रोगीको उपचार पत्ता लगाएको दावी गरेका हुन् । डाक्टरहरुले कोरोना संक्रमणको उपचारमा शतप्रतिशत उपयोगी हुने बताएका छन् । अमेरिकाको फ्लोरिडाका एडवेन्टहेल्थ हस्पिटलका डाक्टरहरुका अनुसार चार प्रकारका औषधिको मिश्रणबाट एउटा थेरापी तयार गरेका छन् । जसको नाम आईसीएएम राखिएको छ । यस थेरापीले मानिसको इम्यून सिस्टमलाई वृद्धि गर्ने काम गर्छ ।

अमेरिकाको न्यूयोर्क टाइम्सका अनुसार नयाँ थेरापी तयार गर्ने डाक्टरहरुले इम्यून सिस्टमलाई बढाउनुका साथै फोक्सोलाई इन्फ्लैमेशनबाट जोगाउने काम पनि गर्छ ।  यस थेरापीका क्लिनिकल ट्रायल सुरु गरिँदैछ र डाक्टरहरुको सकारात्मक नतिजाको आशा गरिएको छ ।
 
परीक्षणको क्रममा यदि आईसीसीएम थेरापी सुरक्षित र प्रभावकारी प्रमाणित हुनासाथ बिना हस्पिटलमा भर्ना नै नगरि आईसीएएमबाट कोरोना संक्रमित बिरामीको उपचार गर्न सकिन्छ । हालसम्म कोरोना संक्रमितको उपचारका लागि कुनै ठोस औषधि पत्ता लागेको छैन जसले कोरोनाका गम्भीर बिरामीको ज्यान जोगाउन सक्छ ।
 
हाल विश्वभर कोरोना भाइरस विरुद्धको खोपका लागि विभिन्न खोपमाथि काम भइरहेको छ । तर, विज्ञहरुका अनुसार खोपबाट मात्रै महामारी नियन्त्रण गर्न सकिँदैन भने खोपले सबै नागरिकको सुरक्षा गर्छ भन्ने पनि यकिनका साथ भन्न सकिँदैन ।
 
एडवेन्टहेल्थ हस्पिटलका डाइरेक्टर अफ फार्मेसी कारलेट नोरवूड विलियम्सले फक्सले थेरापीको नतिजा आएपछि मात्रै अघिल्लो चरणको नतिजाको बारेमा जानकारी दिइने बताए । तर, आईसीएएमले कोरोनाका गम्भीर बिरामीलाई जोगाउन सकिन्छ या सकिँदैन भन्ने विषयमा भन्न नसकिने बताए । 

अध्ययनका अनुसार नयाँ थेरापीको माध्यमबाट ९६ दशमलव ४ प्रतिशत कोरोना संक्रमित बिरामीको ज्यान जोगन सकिन्छ । यस थेरापीमाथि अप्रिल महिनादेखि नै अध्ययन अनुसन्धान भइरहेको छ ।

डाक्टरहरुले आईसीएएम औषधि नयाँ औषधि नरहेको भन्दै यसका पुरानै केही औषधिहरुलाई मिसाइएको छ । जसमा इम्यूनोसपोर्ट ड्रग (भिटामिन C र जिन्क),  Corticosteroids, Anticoagulants र Macrolides नामक चार औषधि सहभागि छन् । यी चार औषधिले मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई विकास गर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts