पीसीआर जाँचमा तोकेभन्दा बढी शुल्क लिने प्रयोगशालालाई कारवाही गर्न स्वास्थ्यको गृह मन्त्रालयलाई पत्र



Download our app to get more features
Spark_health_home

काठमाडौं, १३ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई गृह मन्त्रालयलाई कारवाही गर्न पत्राचार गरिएको जानकारी दिए।

vayoda

सरकारले पीसीआर परीक्षणका लागि शुल्क रु दुई हजार निर्धारण गरेपनि केही निजी प्रयोगशाला तथा अस्पतालले बढी शुल्क लिँदै आएका बताइएको छ। उनीहरूले पीसीआर शुल्क वापत रु तीन हजार ८ सय ९९ सम्म लिदैँ आएका जनाइएको छ।

मन्त्रालयले शुरुको चरणमा पीसीआर परीक्षण गर्न पाँच हजार ५०० रुपैया शुल्क तोकेको थियो। रिएजेन्ट अन्तर्राष्ट्रिय बजारमा सस्तो भएपछि मन्त्रालयले परीक्षण शुल्क रु दुई हजार कायम गरेको थियो। स्टार, ह्याम्स, वि एण्ड वि,नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका पाइएको छ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई बढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको जानकारी दिए।

ती प्रयोगशालाले तीन हजार ८९९ रुपैँया वैज्ञानिक शुल्क भएकोले सरकारले तोकेको दुई हजार रुपैँया परीक्षण गर्न नसक्ने बताएका छन। अधिकारीका अनुसार केही निजी प्रयोगशालाले सरकारले तोकेको भन्दा कम एक हजार ५०० मा पनि परीक्षण गरिरहेको छन्।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts