नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, २ कात्तिक । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमितको मृत्यु हुने दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।

यस्तै हाल नेपालभर ३ सय १ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने भने ६६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts