कोरोना संक्रमण पुष्टि भएकाहरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय कार्यान्वयनमा



Download our app to get more features

काठमाडौं, २ कात्तिक । कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने संक्रमितले आफै गर्ने सरकारको निर्णय आइतवारबाट कार्यान्वयनमा आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको छ ।

अन्य नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने भएको छ । तर, विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनले यदि उनीहरुले कोरोना बीमा गराएको भए त्यसबाटै खर्च व्यहोर्नुपर्ने पनि स्पष्ट पारे ।

यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो । 

डा गौतमका अनुसार विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण र उपचार निःशुल्क गरिनेछ । साथै उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिने पनि उनले बताए ।

आइतवारबाट कार्यान्वयनमा आएको निर्णय भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts