चितवनमा ५ महिने शिशुसहित थप ५६ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, २ कात्तिक । चितवनमा ५ महिने शिशुसहित थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४९ जनासहित अन्य जिल्लाका समेतगरी थप ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमित हुनेमा ३१ जना पुरूष र २५ जना महिला रहेका छन् । भरतपुर महानगरपालिकामा सबैभन्दा बढी १८ पुरूष र १६ महिला गरी ३४ जना छन् । बाँकी १५ जना चितवनका विभिन्न पालिकाका छन् ।

त्यस्तै अन्य जिल्लाका कोरोना संक्रमण पुष्टि हुनेहरूमा सात जना छन् । आइतवार प्रयोगशालामा ४ सय ३१ वटा नमुना परीक्षण गरिएको मध्ये ती ५६ जनामा संक्रमण देखिएको हो । बाँकी ३ सय ७५ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. अधिकारी बताइन् ।

शुक्रवार संकलन गरिएको उनीहरूको स्वाब भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आरटी–पिसिआर प्रविधिबाट परीक्षण गरिएको हो । 

योसँगै जिल्लामा संक्रमितको अहिलेसम्म कुल संख्या ३३ सय नजिक छ । जसमध्ये स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतवार दिउँसोसम्म जिल्लाभर एक हजार ८ सय ३३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २५ जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Last modified on 2020-10-18 21:16:35

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts