लोकसेवा आयोगद्वारा स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि तीन जनाको नाम सिफारिस



Download our app to get more features

काठमाडौं, २ कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भदौको अन्तिम साता लिएको लिखित मौखिक तथा अन्तरवार्ताबाट छानिएका उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।

आयोगले सिफारिस गरेकामध्ये डा. दामोदर बसौला, डा. कृष्णप्रसाद अधिकारी र सुदर्शन पौडेल रहेका छन् ।

मन्त्रीपरिषदको बैठकले सिफासिस गरिएका तीन जनामध्येबाट एक जनालाई बोर्डको  कार्यकारी निर्देशक पदमा छनौट गर्ने प्रावधान रहेको छ ।

यसअघि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न लोकसेवा आयोगको अध्यक्षको सिफारिसमा तीन जनाको छनौट समिति बनाइएको थियो ।

बोर्डको कार्यकारी निर्देशक डा.रमेश पोखरेलले पदबाट राजीनामा दिएपछि हाल डा राधिका थपलियालाई जिम्मेवारी दिइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts