सरकारी र गैर सरकारी चिकित्सक संघबीच जुहारी, क्षमा याचनासहित विज्ञप्ति फिर्ता लिन माग



Download our app to get more features

काठमाडौं, १७ साउन । सरकारी चिकित्सक संघ (गोदान) ले जारी गरेको विज्ञप्तिप्रति गैर सरकारी चिकित्सक संघल आपत्ति जनाएको छ ।

गोदानले साउन १४ गते जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षा नियमावलीमा पुँजिवादी वर्गको अप्रत्यक्ष भरण पोषणको उदेश्यले खुल्ला तर्फ अत्याधिक सिट छुट्याइएको र बाँकीसिटमा समेत सरकारी चिकित्सकको गलत परिभाषा गरी लोकसेवा आयोगको अधिकारलाई संकुचित गरी राजनीतिक भरण पोषणको उदेश्यले अस्थायी आदिलाई समेटिएको प्रति विरोध जनाइएको थियो । 

गोदानको विज्ञप्तिप्रति गैर सरकारी चिकित्सक संघले शुक्रवार विज्ञप्तिमार्फत् आपत्ति जनाएको छ । संघले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयलाई नीति, योजना र कार्यसम्पादनमा महत्वपूर्ण सल्लाह सुझाव र सहयोग गरेर देशभरि प्रभावकारी स्वास्थ्य सेवा प्रदानमा उल्लेखनीय भूमिका गर्नुपर्ने, जस अन्तर्गत सेवा विस्तार, धेरै भन्दा धेरै चिकित्सकहरुको सहभागिता जस्ता विषयमा स्वयं ध्यान पुर्याउनु पर्नेमा झन् विवादास्पद हुँदै स्नातकोत्तर सिटको सम्बन्धमा चिकित्सा शिक्षा नियमावलीलाई लिएर गरिएको टिकाटिप्पणी प्रति आपत्ति जनाएको हो । 

साथै संघले क्षमा याचनासहित विज्ञप्तिको मर्मको पुनरावलोकन गरी अर्को विज्ञप्ति निकालेर बौद्धिक समुदायको प्रतिनिधित्व गर्नपनि माग गरेको छ ।

यस्तो छ सरकारी चिकित्सक संघ र गैर सरकारी चिकित्सक संघको विज्ञप्तिः

Last modified on 2020-08-01 09:48:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts