प्रदेश २ सरकारले कोरोना संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिने



Download our app to get more features

जनकपुर, १७ जेठ । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । 

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ को ८ वटै जिल्लामा शनिवार कोरोना भाइरस संक्रमित थपिएका छन् । आठवटै जिल्लामा कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो । प्रदेशमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि र एक जनाको मृत्यु समेत भइसकेको अवस्थामा प्रदेश सरकारले कोरोना संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको हो ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कोरोना संक्रण नियन्त्रणका लागि स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने, जिल्ला विपद् व्यवस्थापन तथा सुरक्षा निकायहरुलाई परिचालन गर्ने लगायतको व्यवस्था प्रदेश सरकारले गरेको बताए ।

शनिवार सामाजीक विकास मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफिङलाई गर्दै मन्त्री यादवले कोरोना संंक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाईने पूर्व तयारी तथा संक्रमण पश्चातको उपचारलाई मध्यनजर गर्दै मन्त्रालयले बजेट विनियोजन गरेको समेत जानकारी गराए ।

यस्तै मन्त्री यादवले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालन गर्ने, सरसफाई तथा क्वारेन्टाईन ब्यवस्थापनका कार्यहरु सञ्चालन गर्ने, कोरोना भाइरसको नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनीकरणका लागि राहात र अनुदानका कार्यहरु गर्ने, कोरोना नियन्त्रण तथा उपचारको क्षेत्रमा कार्यगरिरहेका व्यक्तिहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउइने बताए ।
 
कोरोना संक्रमण नियन्त्रणलाई लक्षित गर्दै प्रदेश सरकारबाट विभिन्न शिर्षकमा  आवश्यक रकम  विनियोजन गरिसकिएको भन्दै मन्त्री यादवले गरीब, किसान मजदुरलाई राहत वितरण, स्थानीयतहरुलाई कोरोना नियन्त्रण र उपचारका लागि बजेटको उपलब्धता, पि.पि.ई. खरिद, स्वाब परीक्षणका लागि आवश्यक पि.सि.आर.मेसिन खरिद, कोभिड–१९ अस्पताल सञ्चालनका लागि स्वास्थ्य संस्थाहरुको स्तरोन्नती, कोरोना नियन्त्रण सम्बद्ध कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सस्शत्र प्रहरी, राष्ट्रिय अनुसन्धान जस्ता सुरक्षा निकायहरु परिचालनका लागि आवश्यक बन्दोबस्ती र सुरक्षाका सामाग्रहीहरु खरिद लगायतका विषयमा सरकारले आगामी आर्थिक वर्षमा विशेष बजेट विनियोजन गर्ने जानकारी गराए ।

कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि बजेटको व्यवस्था, कोरोना संक्रमण नियन्त्राणका लागि क्वारेन्टाईन सञ्चालन गर्नुपर्ने तथा खानेपानी र सरसफाईको क्षेत्रमा समेत कार्य गर्नु पर्ने भएकाले उक्त कार्यका लागि बजेट उपलब्धता र कोरोना संक्रमण नियन्त्रण र उपचारको क्षेत्रमा क्रिशील स्वास्थ्यकर्मी, स्वच्छकर्मी, लगायतलाई प्रोत्साहन भत्ता तथा सञ्चारकर्मी र सुरक्षार्मी लगायत कोरोना सम्वद्ध कार्यमा संलग्न हुनेहरुको संक्रमणका कारण मृत्यू भएमा क्षतिपुर्ति दिने जस्ता कार्यहरुमा हामीले बजेट विनियोजन गरेर खर्च भइरहेको उनको भनाइ छ ।

Last modified on 2020-06-01 15:08:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts