चितवनमा पछिल्लो २४ घन्टामा ४ सय ३८ जनाको कोरोना परीक्षण, एक जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २ असार । चितवनमा पछिल्लो २४ घन्टामा ४ सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
सोमवार प्रयोगशालामा ४ सय ३८ वटा नमूना परीक्षण गरिएकोमा एकजनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बाँकी अन्य ४ सय ३७ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ । उनीहरूको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।
चितवनमा पछिल्लो दिनहरूमा स्वाब नमुना थुप्रिन थालेपछि परीक्षणको दायरा समेत फराकिलो बनाउन थालिएको छ ।
Last modified on 2020-06-16 09:43:24
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।