सात जिल्ला कोरोना मुक्त



Download our app to get more features

काठमाण्डौं, २५ साउन ।  नेपालका विभिन्न सातजिल्लामा कोरोना संक्रमणको अवस्थामा शून्यमा रहेको पाइएको छ । पूर्वी पहाडी जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा लगायत मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै सङ्घीय राजधानी काठमाण्डौसहित चारवटा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ ।

काठमाण्डौ, रौतहट, महोत्तरी र पर्सामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुलाई मन्त्रालयले उच्च जोखिम भएका जिल्ला भनेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ७२ पुगेको मन्त्रालयले आकंडा दिएको छ ।

 

Aa


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts