एमडी र एमएस प्रवेश परीक्षामा विभेद भएको भन्दै गैरसरकारी चिकित्सकको विरोध



Download our app to get more features

 काठमाडौं, ११ असोज । स्नातकोत्तर तहको एमडी र एमएस प्रवेश परीक्षामा गैरसरकारी चिकित्सकतर्फ कम सीट छुट्टाएर विभेद गरेको भन्दै चिकित्सा शिक्षा आयोगमा गैरसरकारी चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको कार्यलय सानोठीमीमा उपाध्यक्ष डा. श्रीकृष्ण गीरीलाई ज्ञापन पत्र बुझाउदै परिक्षा शाखामा केहिबेर झडपको स्थिती सिर्जना भएको थियो ।

प्रहरीले बल प्रयोग गर्दा केही चिकित्सकहरु घाइते भएका गैरसरकारी चिकित्सकका प्रतिनिधिले जनाएका छन ।

यस्तै, भोलि बिहान १० बजे फेरि धर्ना र विरोधको कार्यक्रम जारी राख्ने जानकारी दिएका छन् ।

गैरसरकारी चिकित्सकहरुले अहिले भएको ५०।४०।१० को व्यवस्था सच्याएर गैरसरकारी चिकित्सकलाई ७० प्रतिशतर सरकारीलाई २० प्रतिशतसाथै विदेशीलाई १०प्रतिशत सीटको व्यवस्था गरिनुपर्ने, खुल्ला सीटमा दुर्गमको अंक राख्न नहुने, म्याचिङ्ग प्रक्रिया पारदर्शी हुनपर्ने लगायतका पाँच सुत्रीय माग राखेका छन् ।

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर विषयका विभिन्न संकायतर्फ प्रवेश परीक्षा असोजको २७ गतेदेखि संचालन गर्ने सुचना प्रकाशित गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts