निजी अस्पताल र ल्याव भन्छन्: काेराेना जाँचकाे मूल्य घटाउन सकिन्न



Download our app to get more features

काठमाडौं, ११ असोज । सरकारले ताेकेभन्दा बढि पीसीआर जाँचकोे शुल्क लिइरहेका निजी अस्पताल तथा ल्यावहरुले सरकारले ताेके अनुरुप २ हजार शुल्कमा परीक्षण गर्न नसक्ने जनाएका छन् ।

हाल मन्त्रालयले निर्धारण गरेको शुल्क कार्यान्वयन नगरेका प्रयोगशालाहरुले वैज्ञानिक तवरले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारण गरेको शुल्क तीन हजार आठ सय उनान्सय रुपैया नै यथार्थपरक रहेको दाबी गरेका छन् ।

शुल्कको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग छलफल भइरहेको र उक्त छलफल सकारात्मक रहेको जनाइएको छ । शुल्क निर्धारण गर्नुको वैज्ञानिक आधार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पेश गरिसकेको पनि निजी अस्पताल तथा ल्यावहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Last modified on 2020-09-27 21:37:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts