गण्डकी प्रदेशमा कोरोना संक्रमित ५९३ पुगे



Download our app to get more features

कास्की, ८ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ । प्रदेश सकार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार सोमबार साँझ ५३ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कुल ५९३ पुगेका हुन् । 
मन्त्रालयका अनुसार तनहुँमा १७, स्याङ्जामा ९, बाग्लुङमा ८, गोरखामा ११, लमजुङमा ५, पर्वतमा १, नवलपुरमा १ र कास्कीमा १ जना थपिएका छन् ।  

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts