सूर्य ग्रहणः आँखामा हुने असर, भ्रम तथा असरबाट जोगिने उपाय


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

सूर्य ग्रहण भनेको के हो ?
पृथ्वीले सूर्यलाई घुम्ने तथा चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा आइपुग्छ र पृथ्वी, चन्द्रमा र सूर्य एउटै सिधा रेखामा अवस्थित हुन्छन् यो समयमा चन्द्रमाको छाँया पृथ्वीमा पर्न गई पृथ्वीबाट हेर्दा सूर्य छेकिएको देखिने अवस्थालाई सुर्य ग्रहण भनिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार नेपाली समयको असार ७ गते तदनुसार जुन २१ तारिखमा लाग्ने वलय सूर्य ग्रहण नेपालबाट खण्डग्रास मात्र देखिने छ र यो सन् २०२० को पहिलो सुर्य ग्रहण हुनेछ । 

हाम्रो समाजमा सूर्य ग्रहणलाई लिएर धेरै तथ्यहिन भ्रमहरु विद्यमान छन् । सुर्य ग्रहण हेर्न हामी धेरैजना आतुर हुन्छौ तर सूर्यलाई कहिलेपनि सिधा हेर्नु हुँदैन तथा सूर्य ग्रहणका बेला आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने पौराणिक मूल्यमान्यता र वैज्ञानीक तथ्यहरु समाजमा विद्यामान छन् । सूर्य ग्रहणका बेला हाम्रो शरीरमा पर्ने असरमा आँखामा हुने असर तथा चर्म (छाला) मा हुने असर मुख्य हुन् ।

vayoda

त्यसैले आवश्यक सावधानी नअपनाई सूर्य ग्रहण हेर्दा हाम्रो आँखामा गम्भीर असर पर्न गई सँधैका लागि दृष्टि नै गुम्न पनि सक्छ । 

सूर्य ग्रहणले कसरी आँखामा असर गर्छ ?
सूर्यबाट पृथ्वीमा आउने आवश्यक प्रकाशका किरणसँगै हानिकारक विकिरणहरु पनि आउने गर्छन् र यी विकिरणमा मुख्यतयाः यू.भि.अल्ट्रा भोइलेट लाईट पर्छ । 
 
सूर्य ग्रहण लाग्ने समयमा वातावरणमा प्रकाशको मात्रा कम हुन्छ जसले गर्दा दिउँसोको समयमापनि अँध्यारो हुने हुन्छ्र । यसरी दिउँसो नै अँध्यारो हुँदा, उज्यालो हुँदाको समयको तुलनामा हाम्रो आँखाको नानीको आकर ठुलो बन्न पुग्छ जसलाई मेडिकल भाषामा प्युपिल (उगउष्)ि डाइलेसन भन्ने गरिन्छ्र । आँखाको नानीको मुख्यकाम भनेको आँखामा प्रवेश गर्ने प्रकाशको मात्रा निर्धारण गर्ने हो । यसरी ग्रहनको समयमा नानीको आकार ठुलो हुँदा आँखामा जाने प्रकाशको मात्रासँगै हानीकारक विकिरणपनि अत्याधिक मात्रामा प्रवेश गर्छन् जसले आँखाको रेटिना अर्थात् आँखाले देख्ने भागमा अपरिवर्तनिय असर गर्नुका साथै सँधैका लागि ज्योति नै गुम्ने बनाउन सक्छ । जसलाई मेडिकल भाषामा सोलर रेटिनोप्याथी वा रेटिनल बर्न भनिन्छ्र । तर, सूर्य ग्रहणको समयमा र अन्य सूर्य ग्रहण नभएको समयको तुलनामा पृथ्वीमा आउने विकिरणको मात्रामा परिवर्तन भने हुँदैन, मात्र परिवर्तन हुने भनेको आँखामा प्रवेश गर्ने हानिकारक विकिरणको मात्रा हो ।

सूर्य ग्रहणले असर गरेमा देखिने लक्षणहरुः
तथ्यहरु केलाउदा र विज्ञहरुका अनुसार सोलर रेतिनोपेथीले ज्येष्ठ नागरिकलाई भन्दा युवा अवस्थाका मानिसलाई धेरै असर गरेको पाइएको छ भने महिलाको तुलनामा पुरुषमा सोलर रेटिनोप्याथी बढी देखिएको छ । यस पछाडीको तथ्य भने उपलब्ध भएन । यसका साथै धेरैजसो सोलर रेटिनोप्याथीले मानिसको दुबै आँखालाई असर गरेको हुन्छ भने कहिलेकाही एउटा आँखामा मात्र असर गरेको पाइन्छ ।  

लक्षणहरुः
१. धमिलो देखिने
२. कुनै पनि वस्तुलाई हेर्दा बिच भागमा छाँया परेको जस्तो देखिने 
३. हेरेको वस्तुको आकार बिग्रेको देखिने
४. प्रकाश संवेदनशीलता जसले गर्दा उज्यालोमा हेर्न गाह्रो हुने 
५. रङ्गको पहिचान गर्न मुस्किल हुने 

सूर्य ग्रहण कसरी हेर्ने भन्ने विषयमा हाम्रो समाजमा विद्यामान गलत प्रचलनहरुः
हाम्रो समाजमा सूर्य ग्रहण हेर्न धेरै गलत तरिकाहरु प्रयोग भएको पाईन्छ र यी तरिकाहरु पूर्ण रुपमा गलत हुन् भन्ने कुरा समाजका प्रत्येक मानिसले जान्न जरुरी छ ।

गलत प्रचलनहरुः
१. एक्स रेको पत्ताको प्रयोग,
२. साधारण सनग्लासको प्रयोग,
३. कुनै भाँडामा पानी राखेर छाँया पारेर हेर्ने,
४. आँखा सानो बनाएर छोटो समयको लागि हेर्ने,
५. दुई वटटा हातको औंलाहरुको बिचमा प्वाल बनाएर हेर्ने, 
६. कालो सिसाबाट वा कालो चस्माबाट हेर्ने, 
७. फोनको क्यामरा र भिडियो क्यामराबाट हेर्ने,

यसरी माथि उल्लेख गरिएका कुनैपनि तरिकाले सूर्य ग्रहणको समयमा आँखामा प्रवेश गर्ने हानिकारक विकिरण नछेक्ने हुँदा माथि उल्लेखित कुनैपनि तरिका सुरक्षित नहुने दृष्टि विशेषज्ञ र नेत्र रोग विशेषज्ञहरुको भनाइ छ्र । माथि उल्लेखित तरिका वा प्रयोग गरिने सिसा, क्यामरामा विकिरण छेक्ने फिल्टर नहुने हुँदा कुनैपनि विधि सुरक्षित हुँदैनन ।

सूर्य ग्रहण हेर्ने सुरक्षित उपायः

१. घरमा नै पिनहोल प्रोजेक्टर बनाएर हेर्ने (यू ट्युबमा पिनहोल प्रोजेक्टर बनाउने र प्रयोग गर्ने तरिका देखाइएका धेरै भिडियोहरु छन्) 

२. सूर्य हेर्ने सोलर ग्लास र सोलर फिल्टरको प्रयोग गरेर हेर्ने

३. वेल्डिङ गर्दा प्रयोग गर्ने चस्मा पनि प्रयोग गर्न सकिन्छ तर त्यो आइएसओ मान्यता प्राप्त हुनुपर्छ र १४ तहको हुनुपर्छ 

४. खगोल विदहरुले हेर्ने सोलर फिल्टर भएको दुर्बिन, टेलिस्कोपको प्रयोग गरेर हेर्ने 

 
 

(लेखक (अध्ययनरत )चिकित्सा शास्त्र अध्ययन संस्थान, बी. पि . कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र,  त्रि. वि . शिक्षण अस्पताल, महाराजगन्ज छन्)

Last modified on 2020-06-21 09:48:34

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts