जागीरबाट हटाएका कर्मचारीद्वारा अस्पतालकै गेटमा आत्मदाहको प्रयास


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

अछाम, २६ जेठ । बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धर्थ आउजीले शरिरमा आगो लगाएका हुन्।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनीलगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । कामबाट हटाएइपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बुझिएको छ। यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको र कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको जनाएको छ। उनले सोमबार बिहान अस्पतालको गेट अगाडि शरीरमा आगो लगाएका थिए । आउजीलाई हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको छ।

vayoda

Hamro Doctor
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag