स्वास्थ्य बीमा बोर्डमा ऐन विपरित कार्यकारी निर्देशक नियुक्त


Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

काठमाडौं, २२ असार । स्वास्थ्य बीमा बोर्डमा ऐन विपरित कार्यकारी निर्देशक नियुक्त गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोर्डको ऐन विपरित कार्यकारी निर्देशकमा डा.राधिका थपलियालाई नियुक्त गरेको हो ।

vayoda

Hamro Doctor Apps2

मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टले बोर्डका तत्कालिन निर्देशक डा रमेश कुमार पोखरेलले राजीनामा दिएपछि बोर्डको कामकारबाही प्रभावित हुने भएकाले तत्कालका लागि डा थपलियालाई नियुक्त गरिएको हाम्रो डाक्टर न्यूजलाई बताए ।

११ औं तहका कर्मचारीलाई ऐन अनुसार नियुक्त गर्न मिल्छ भन्ने प्रश्नमा विष्टले भने, ‘नियमसंगत नियुक्त गरिएको होइन । काम प्रभावित हुने भएकाले केहि समयका लागि थपलियालाई नियुक्त गरिएको हो ।’

प्रक्रिया अनुसार पदाधिकारी नियुक्त गर्दा लामो समय लाग्ने भएकाले त्यतिञ्जेल बोर्डको काम रोक्न नहुने भएकाले मात्रै मन्त्रालयले उनलाई जिम्मा दिएकाे उनले दाबी गरे ।

बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिष्पर्धाबाट हुने ऐनमा व्यवस्था गरिएको छ ।

डा. थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको स्वास्थ्य शिक्षा प्रशासकको रुपमा कार्यरत थिइन् ।

Hamro Doctor
Last modified on 2020-07-06 21:36:27

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts