भरतपुर अस्पतालकाे नयाँ मेसुमा डा. पाण्डे नियुक्त



Download our app to get more features

चितवन, २५ भदाै । भरतपुर अस्पतालकाे प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् ।

भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको हो ।

एघारौं तहका चिकित्सक डा. पाण्डेलाई भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।

चितवनकाे भरतपुर घर भएका फिजिसियन डा. पाण्डे यसअघि भेरी अस्पताल नेपालगन्जको मेडिसिन विभागका विभागीय प्रमुख थिए ।

नवनियुक्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. पाण्डेलाई अस्पताल विकास समितिका अध्यक्ष डा. भाेजराज अधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

यसअघि अस्पतालकाे प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. श्रीराम तिवारी रहेका थिए ।

Last modified on 2020-09-10 14:51:10

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts