बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

काठमाडौं, ३ असोज । बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिकाका ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए ।

योसँगै बुटवलमा २ जना महिला र ६ पुरुषसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts