भरतपुर अस्पतालका नवनियुक्त मेसु डा पाण्डेले सम्हाले पदभार,यसरी गरियो स्वागत

फाेटाे फिचर



Download our app to get more features

चितवन, २८ भदौ । चितवनको भरतपुर अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. राजन पाण्डेले पदभार ग्रहण गरेका छन् । 

नवनियुक्त मेसु डा. पाण्डेलाई आइतवार दिउँसो एक कार्यक्रमकोबीच अस्पतालमा स्वागत गरिएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका पूर्व मेसु डा. कृष्णप्रसाद पौडेललगायतले स्वागत गरेका हुन् । 

डा. पाण्डेले आइतवार नै आफ्नो पदभार ग्रहण गरेका हुन् । उनी अस्पतालका ४१ औं मेसु रहेका छन् ।

भदौं २४ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा एघारौं तहका चिकित्सक डा. पाण्डेलाई नियुक्त गरेको हो । 

चितवन जिल्लाकाे भरतपुर महानगरपालिका १२ घर भएका प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन डा. पाण्डे यसअघि भेरी अस्पताल नेपालगन्जको मेडिसिन विभागका विभागीय प्रमुख थिए ।

यसैबीच यसअघिका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई सोहि कार्यक्रममा अस्पतालबाट विदाई गरिएको छ । उनले अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी पन्ध्र महिना सम्हालेका हुन् ।  

Last modified on 2020-09-13 20:48:44

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts