भरतपुरमा गरिएको परीक्षणमा चितवन र नवलपुरका गरि २१ जनामा कोरोना संक्रमण पुष्टि 



Download our app to get more features

चितवन, ८ असार । भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवन र नवलपुरका गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका २८ का १९ वर्षीय पुरुष, माडी नगरपालिका २, ६, ५ र ८ का ४७, ३४, २८, ३२ वर्षीय पुरुष, त्यस्तै, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका १७ का ३५ र २८ वर्षीय पुरूष, सोहि जिल्लाको बुलिङटार गाउँपालिका ३, ४, ५, ६ का ४५, १८, ४०,२०,२६, ३२,२९,२०,२१,२०,२१,२१,२४, २४ वर्षीय १४ जना पुरुष गरि थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

आइतवार चितवनमा २ सय ४९ वटा नमूना परीक्षण गरिएकोमा बाँकी २ सय २८ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनीहरूको भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

Last modified on 2020-06-22 12:21:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts