यो हो पतञ्जलीले दावी गरेको कोरोनाविरुद्धको औषधि



Download our app to get more features

ऐजेन्सी, ९ असार । भारतको पतञ्जलीले कोरोनाविरुद्धको औषधि तयार गरि उत्पादन र बिक्री वितरण थालेको दावी गरेको छ । पतञ्जलीका प्रमुख बाबा रामदेवले कोरोनाविरुद्धको औषधि बनाएको दावी गर्दै औषधि समेत सार्वजनिक गरेका हुन् । 

मंगलवार एक कार्यक्रमकाबीच बाबा रामदेवले हरिद्वारमा कोरोनाविरुद्धको औषधि ‘कोरोनिल’ सार्वजनिक गरेका हुन् । औषधि सार्वजनिक गर्दै बाबा रामदेवले पहिले क्लिनिकल कन्ट्रोल स्टडी र दोस्रो क्लिनिकल कन्ट्रोल ट्रायल गरेको बताए । बाबा रामदेवले दिल्ली लगायत भारतका विभिन्न सहरमा पतञ्जलीले क्लिनिकल कन्ट्रोल स्टडी गरेको दावी गर्दै अध्ययनको क्रममा दुई सय ८० जना कोरोना संक्रमितलाई सहभागी गराइएको बताए । क्लिनिकल स्टडीको नतिजामा  शतप्रतिशत बिरामी स्वस्थ भएको र कसैको पनि मृत्यु नभएको उनको दावी छ । उनले कोरोनाको सबै चरणलाई औषधिले रोक्ने काम गरेको र दोस्रो चरणमा क्लिनिकल कन्ट्रोल ट्रायल गरिएको जानकारी गराए ।

बाबा रामदेवले एक जना मानिसमा गरिएको क्लिनिकल कन्ट्रोल ट्रायलको अध्ययन गरिको जसमा तीन प्रतिशत बिरामी ६९ प्रतिशत निको भएको अर्थात् कोरोना पोजेटिभ नेगेटिभ भएको  दावी गरेका छन् । यस्तै सात दिनभित्र शतप्रतिशत बिरामी स्वस्थ भएको पनि उनले दावी गरे । उनले यो औषधि सेवनले शतप्रतिशत बिरामी निको भएको र शून्य प्रतिशत मृत्युदर रहेको उल्लेख गरे । क्लिनिकल कन्ट्रोल ट्रायललाई लिएर विभिन्न अप्रुभल लिनुपर्ने हुन्छ । जसका लागि इथिकल अप्रुभल पनि लिइयो, फेरि सीटीआईआरको पनि अप्रुभल र रजिस्ट्रेशन गराइएको बाबा रामदेवले बताए । उनले भने, ‘हामीले बनाएको औषधिको बारेमा मानिसहरुले प्रश्न गर्न सक्छन्, हामी प्रत्येक प्रश्नको जवाफ वैज्ञानिक कारणसहित दिन तयार छौं । हामीले सबै वैज्ञानिक नियमलाई पालना गरेर औषधिको विकास गरेका छौं ।’

बाबा रामदेवले भने, ‘यो औषधि बनाउँदा देशी सामानको प्रयोग गरिएको छ । समा मुलेठी, काढा जस्ता सामाग्री समावेश छन् । साथै गिलोय, अश्वगन्धा, तुलसी, श्वासरिको पनि प्रयोग गरिएको छ ।’ आयुर्वेदबाट बनेको यो औषधि अबको सात दिनभित्र पतञ्जलीको पसलहरुमा पाइने उनले जानकारी गराए । साथै यसका लागि छुट्टै एप पनि बनाइने उनले बताए ।
पतञ्जली आयुर्वेदिक मेडिसिन्सको तर्फबाट बनाइएको औषधि विकासका लागि झन्डै पाँच सयभन्दा बढी वैज्ञानिक र डाक्टरहरु सहभागि थिए । पतञ्जली रिसर्च इन्स्टीच्यूट, हरिद्वार एन्ड नेशनल इन्स्टीच्यूट अफ मेडिकल साइन्स, जयपुरले संयुक्त रुपमा जारी गरेका छन् भने औषधिको निर्माण दिव्य फार्मेसी, हरिद्वार र पतञ्जलि आयुर्वेद लिमिटेड, हरिद्वारले गरेका छन् ।

Last modified on 2020-06-23 14:53:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts