डडेल्धुरा अस्पतालमा पिसिआर मेसिनको उद्दघाटन, करोड बढी खर्च



Download our app to get more features

धनगढी, २२ असार । चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिनको उद्दघाटन गरिएको छ । सोमवार जिल्ला समन्वय समिति डडेल्धुराका संयोजक गणेश भट्टले मेसिनको औपचारिक उद्दघाटन गरेका हुन् । 

हयुम्यानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको पहलमा जनस्तरबाट रकम संकलन गरिएको रकमबाट उक्त पिसिआर ल्याब स्थापना गरिएको हो । उद्दघाटन कार्यक्रममा फाउन्डेसनका अध्यक्ष श्याम तायलसहितको टिम उपस्थित भएको थियो । 

फाउण्डेनसले पिसिआर स्थापनाका लागि हालसम्म १ करोड ६ लाख ६७ हजार ५ सय ९५ खर्च भएको जनाएको छ । उक्त मेसिन स्थापनका लागि हालसम्म विभिन्न दाताहरुबाट ९७ लाख संकलन भएको र प्रतिवद्धता भएको रकम संकलन हुन बाँकी रहेको फाउण्डेनसले जानकारी उद्दघाटन कार्यक्रममा दिएको छ । 

जनसहभागितमा सम्पन्न उक्त अभियान नेपालकै लागि एउटा उदाहरण भएको भन्दै सम्पूर्ण सहयोगीहरुलाई हयुम्यानिटी फाउन्डेसनका अध्यक्ष तायलले आभार व्यक्त गरेका छन् । 

स्थापन भएको पिसिआर मेसिनबाट बिहिवारबाट नै परीक्षण सुरु भइसकेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियर सहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए । अहिले डडेलधुरा अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालको नेतृत्वमा ६ जनाको टिमले उक्त मेसिनबाट कोरोना परीक्षण गरिरहेको छ । 

पिसिआर मेसिन स्थापना भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लावासीलाई कोरोना परीक्षण गर्न सहज हुने विश्वास लिइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts