दाङमा दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण



Download our app to get more features

दाङ, १८ जेठ । दाङमा दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा २ जना स्वास्थ्यकर्मी सहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मी दाङको गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी रहेको गढवा गाँउपालिकाले बताएको छ । 

क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मी रहेको र उनिहरुलाई कोरोना विशेष अस्पताल वेल्झुण्डी लगिएको गढवा गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

कोरोना संक्रमण हुने स्वास्थ्यकर्मी लमही नगरपालिका वडा नं. १ निवासी ४० वर्षिय र राप्ती गाउँपालिका वडा नं. ८ निवासी ३६ वर्षिय रहेका छन् । लकडाउन सुरु भए देखिनै दुबै जना स्वास्थ्यकर्मी घर गएका थिएनन्  । उनीहरुलाई  क्वारेन्टाइनमा नै बस्ने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागी कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको चौधरीले बताए । 

कोइलबास नाकाको डेल्थ डेक्समा रहेका उनीहरुलाई पछि गढवा गाउँपालिकाले संचालन गरेको जनता सेकेण्डरी स्कुलको क्वारेन्टाईमा ल्याईएको थियो । 

त्यसैगरी गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका अन्य दुई जना व्यक्तिमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । गढवा गाउँपालिका बडा नम्बर ६ का ३६ वर्षिय र बडा नम्बर ७ निवासी २४ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाकाले सञ्चालन गरेको रक्षाचौर क्वारेन्टाइनमा रहेका ५ जनामा पनि कोरोना भाईरस पोजेटिभ देखिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न ६ का २० वर्षिय १ जना, वडा नम्बर १५ का ३२ वर्षिय १ जना र वडा नम्बर १६ का १८,२०,२३ वर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।

यो सँगै दाङमा संक्रमित हुनेको संख्या ३४ पुगेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् ।

Last modified on 2020-06-01 15:07:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts