डडेल्धुरा अस्पतालका चार चिकित्सकसहित सात जना क्वारेन्टाइनमा

Download our app to get more features
धनगढी, १० जेठ । डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित सात जनालाई क्वारेन्टाइनमा राखिएको छ।
अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका युवक घर फर्किएपछि कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि स्वाब संकलनमा खटिएका चार चिकित्सक र अन्य स्टाफहरू गरी सात जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।
चार चिकित्सक र अन्य तीन जना स्टाफको शनिबार थ्रोट स्वाब संकलन गरेको उनले जानकारी दिए। डडेल्धुरा अस्पतालमा ६ जेठमा उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको थियो। स्वाब संकलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरि घर पठाइएको थियो।





.gif)
























