नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

प्रदेश २ मा एकैदिन ९६ जना नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १६ जेठ ।

प्रदेश नम्बर २ मा शुक्रवार मात्रै ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को नियमित प्रेस ब्रिफिंगको क्रममा प्रदेश २ को सामाजीक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ का आठै जिल्ला गरि शुक्रबार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

सप्तरीमा ५, सिरहामा ५ जना, धुनषमा एक जना, सर्लाही ४ जना, रौतहटमा ७३, बारामा ४, पर्सामा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश नम्बर २ को आठवटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएकोमा रौतहटमा मात्रै हालसम्म १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एकजना निको भएर घर फर्किएका छन् । 

प्रदेश नम्बर २ मा मात्रै ४ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक सय २ जनाले कोरोनालाई जितेका छन् । नेपालमा भने कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ । नेपालमा एक सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्ते कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय ६ जना स्वस्थ भएका छन् । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका एक जना युवकको मृत्यु भएको र उनमा कोरोना भाइरसको संक्रमण पुुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

Last modified on 2020-05-29 17:32:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts