ब्लू क्रस हस्पिटलले गरिदियो आफ्ना सबै कर्मचारीको कोरोना बीमा


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, २९ जेठ । त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलले अस्पतालका बिरामीको उपचारमा खटिएका कर्मचारीको कोरोना बीमा गरेको छ ।

कोरोना महामारीको विशम परिस्थितिमा बिरामीहरुको उपचारमा खटिएकालाई एक लाखको कोरोना बीमा गरिदिएको हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य–सचिव रजत श्रेष्ठले बताए । 

vayoda

उपचारका लागि आएका बिरामीहरुको उपचारमा खटिएका कर्मचारीहरुको समेत पूर्ण रुपमा सुरक्षा तथा सावधानीको व्यवस्था गरी हस्पिटलले हिमालयन जनरल ईन्स्यूरेन्स लिमिटेडमार्फत् अस्पतालका सबै डाक्टर तथा कर्मचारीहरुको कोभिड–१९ बिरुद्धको वार्षिक बीमा कार्यान्वयनमा ल्याएको हस्पिटलका प्रबन्धक सति देवी गौतमले बताइन् । 

बिमा अन्तर्गत कोभिड–१९ को संक्रमण आरडिटी÷पिसिआरबाट आधिकारीक रुपमा पुष्टि भए पश्चात उपचारार्थ १ लाखको खर्च इन्योरेन्स कम्पनीबाट उपलब्ध गराईने उनले जानकारी गराइन् ।

अस्पतालले डाइलेसिस, भेन्टिलेटर सहितको आई. सि. यू् जस्तो अत्याधुनिक उपकरणहरुबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
 

Hamro Doctor
Last modified on 2020-06-11 09:53:48

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts