कान्तिपुर डेन्टल हस्पिटलमा कोरोना महामारीले गर्दा बन्द रहेका सबै दन्त सेवा सञ्चालनमा



Download our app to get more features

काठमाडौं, १ साउन । कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साउन एक गतेदेखि सबै प्रकारका दन्त सेवा सुचारु गरेको छ ।

हस्पिटलले एक सूचना जारी गरी कोभिड–१९ को महामारीको जोखिमलाई ध्यानमा राखि सबै प्रकारका दन्त सेवा साउन एक गते बिहीवारबाट सुरु गरेको बताएको हो ।

यसअघि दन्त स्वास्थ्य सेवाको आकस्मिक सेवा मात्र सञ्चालनमा रहेकोमा अबदेखि सबै प्रकारका दन्त उपचार सेवाहरु पुर्ण रुपमा स्वास्थ्य सुरक्षाको पालना गरि शुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts